असोज ०६, २०८१, आइतबार
               

वीर अस्पताल अब ‘टेलिमेडिसन हब’

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसन’ को केन्द्रीय हब अस्पतालको रुपमा वीर अस्पताललाई तोकेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजिकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय ७ अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेशस्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ । 

“दुर्गम क्षेत्रका चिकित्सकलाई सङ्क्रमितको उपचार गर्न सहयोग पुर्‍याउन टेलिमेडिसिन सेवा सुरु गरिएको हो”, उनले भने “ दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई उपचार गर्न कुनै समस्या भए टेलिमेडिसिनका सम्पर्क व्यक्ति (फोकल पर्सन) चिकित्सकलाई फोन, एसएमएस र इमेलमार्फत परामर्श लिनसक्ने छन ।” मन्त्रालयले केन्द्रमा एक र सातवटै प्रदेशमा सात अस्पतालका चिकित्सकलाई टेलिमेडिसिनको फोकल पर्सन तोकेको छ । उनका अनुसार ती अस्पतालका १६ चिकित्सलाई परामर्शका लागि फोकल पर्सन तोकिएको हो । 

प्रदेश भित्रका अस्पतालका चिकित्सकले प्रदेशस्तरीय अस्पतालका फोकल पर्सन तोकिएका चिकित्सकसँग र प्रदेशस्तरका चिकित्सकले टेलिमेडिसिनको केन्द्रीय हब अस्पताल वीर अस्पतालसँग परामर्श गर्नेछन् ।  


कस्तो लाग्यो ?

यो पनि