जेठ ०६, २०८१, आइतबार
               

चन्दा आतंकमा संलग्न विप्लव कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काभ्रे । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका-१२ शंखुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाईलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेना नेतृत्वको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । 

जिल्लामा रहेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन समेतबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीमाथि निगरानी गरेको थियो ।

बुधबार बिहान घरमै भएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बजगाईलाई मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई निज कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनले आफु नेपाल कम्युनिष्ट पार्टि माओवादी विप्लव समूहको जिल्ला कमिटी सदस्य भई पार्टिको निति निर्देशानुसार काम कारवाही गर्दै आएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि