असोज ०६, २०८१, आइतबार
               

पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

डोल्पा घर भई खैरहनी नगरपालिका ६का २४ वर्षीय अर्जुन गुरुङको आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना५३प ९७५३ नंको मोटरसाइकलाई  ठक्कर दिँदा उनको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि