जेठ ०६, २०८१, आइतबार
               

साथीको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा ढुंगाले टाउकोमा प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ पोखरा–६ लेकसाइड स्थित बसुन्धरा पार्कमा कात्तिक २२ गते आफ्नै साथी दाङ घोराही घरभई पोखराका कवाडी संकलन गर्ने २५ वर्षीय कृष्ण चौधरीको हत्या गरी फरार भएका थिए ।

श्रेष्ठलाई कास्की प्रहरीले पक्राउगरी बुधवार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कवाडी संकलन गरी बिक्री गर्ने चौधरी र श्रेष्ठबीच रक्सीको नसामा चुरोटको बिषयलाई लिएर सामान्य विवाद भएको थियो । 

विवाद बढ्दै जाँदा रिसको आवेगमा श्रेष्ठले चौधरीको टाउकोमा तीन पटकसम्म ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत चौधरीको कात्तिक २२ गते नै मृत्यु भएको थियो । 

चौधरीको हत्यापछि फरार रहेका श्रेष्ठलाई कास्की प्रहरीले कात्तिक २५ गते तनहुँ आबुखैरेनी–२ मा रेक्सा मार्फत काठमाडौं जाँने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि