जेठ ०६, २०८१, आइतबार
               

बलात्कार आरोप लागेका तपस्वी बोम्जनको घरमा अदालतले सूचना टाँस्यो

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

बारा । आफ्नै आनिको बालात्कारको आरोप लागेका तपस्वी रामबहादुर बोम्जनलाई अदालतमा उपस्थित हुन प्रहरीले अदालतको सूचना टाँस गरेको छ ।

बोम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन ३५ दिने म्याद दिएइएकोमा उक्त म्याद सकिएपछि उनको घर र वडा कार्यालयमा प्रहरीले म्याद तामेली भएको सूचना टाँस गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बाल यौनशोषणको आरोप लागेका बोम्जनविरूद्ध जिल्ला अदालत सर्लाहीले वारेन्ट जारी गरि हाँजिर हुन आउन दिएको म्याद नाघेपछि प्रहरीले बोम्जनको निजगढ नगरपालिका १२ रतनपुरी स्थित घरमा हाँजिर हुन भन्दै सूचना टाँस गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बोम्जनविरूद्ध आफनै अनुयायीको यौनशोषण गरेको अभियोगमा मुद्दा दायर गरेको थियोे ।

उक्त मुद्दाको सुनुवाई गर्दै जिल्ला अदातलले आरोपित बोम्जनविरुद्ध गत असार २१ गते वारेन्ट जारी गरेको थियो । बोम्जनमाथि आफ्नै अनुयायीको बलात्कार हत्या तथा बेपत्ता पारेको आरोप पनि छ ।


कस्तो लाग्यो ?

यो पनि