बैशाख १७, २०८१, सोमबार
               

लोकसेवा आयोगले माग्यो तीन सय पदका लागि आवेदन

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ झन्डै तीन सय पदका लागि आवेदन मागेको छ ।

आज (बुधबार) गोरखापत्रमा सुचना प्रकाशित गर्दै आयोगले   स्वास्थ्यसहित झण्डै तीन सय प्राविधिक पदमा आवेदन मागेको हो । 

७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । 

सामान्य प्रशासनको यही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि