असोज ०६, २०८१, आइतबार
               

स्वास्थ्यकर्मीसहित दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले जानकारी दिए ।

कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा १८ गते नै उहाँलाई अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा कुनै दीर्घ रोग थिएन । त्यस्तै भीम अस्पताल, भैरहवामा आज ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका-१२ निवासी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । दमबाट ग्रसित उनको कात्तिक १३ गते स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि सोही दिन नै उनलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी डा पोखरेलले जानकारी दिए ।

रुपन्देहीमा दुईको मृत्युसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि