जेठ ०६, २०८१, आइतबार
               

१० वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

ताप्लेजुङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई दश वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका–१ का ३६ वर्षका विजु भनिने विजय तामाङ रहेका छन् ।

प्रहरीका अनुसार विजय सहित ८ जनाको समूहले २०६६ साल पुस २ गते २४ वर्षीय स्थानीय राजिन वनेमलाई वर्खान्तमा बोलाएर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए । उनलाई जिल्ला अदालत ताप्लेजुङले २०७६ साल जेठ २६ गते दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि