असोज ०६, २०८१, आइतबार
               

९० हजारको परीक्षण गर्दा ६ हजार संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशमा हालसम्म ९० हजार नागरिकको पिसीआर परीक्षण गरिएको छ । पिसीआर परीक्षण गरिएका व्यक्तिहरुमध्ये आज ४७ जना सङ्क्रमित थपिएसँगै छ हजार २६८ जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म हालसम्म कर्णालीमा पाँच हजार ६०१ जना निको भएर घर फर्केका छन् । आरटी पिसिआर परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको र त्यसमा ८९ प्रतिशत निको भई घर फिर्ता भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

जिल्लागत आधारमा हालसम्म कोरोना सङ्क्रमित व्यक्तिहरूमा सुर्खेतका दुई हजार ७०७, दैलेखका एक हजार ५४९, सल्यानका ५२२, जुम्लाका ३४२, कालिकोटका ३०७, रुकुमपश्चिमका १९०, जाजरकोटका ११२, हुम्लाका ३४, मुगुका ३३, डोल्पाका १५ र अन्य प्रदेशका ४५५ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि