असोज ०६, २०८१, आइतबार
               

मोरङमा एकैदिन ११ जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

विराटनगर । मोरङमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नौ जनाको उपचारका क्रममा अस्पतालमा र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । 

नोबेल शिक्षण अस्पतालमा पाँच, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, होम आइसोलेसनमा दुई र न्युरो अस्पतालमा एक जनाको मृत्यु भएको छ । 

नोबेल अस्पतालमा तेह्रथुम म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुष, झापा गौरादह–५ का ६५ वर्षीय पुरुष, झापा हल्दीबारी–४ का ७० वर्षीय पुरुष, उदयपुर त्रियुगा–३ का २१ वर्षीय पुरुष र मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

मृत्यु हुने सबैलाई श्वासप्रश्वासको समस्या देखिएको समेत उनले बताए । दाहालका अनुसार बिहान साढे ५ बजेदेखि साढे ८ सम्ममा पाँच जनाको मृत्यु भएको हो । 

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा विराटनगर–१ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको छ । 

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कोरोना पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । 

कोसी कोभिड अस्पतालमा ६९ वर्षीया महिलाको मंगलबार बिहान ज्यान गएको छ । सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक बस्नेतले बताए । 

विराटनगर–३ का ७७ वर्षीय पुरुषको पनि कोशी कोभिडमै बिहान साढे ७ बजे मृत्यु गएको हो । 

न्युरो अस्पताल विराटनगर मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । निमोनियाबाट ग्रसित ती पुरुषलाई कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । 

मोरङकै सुन्दरहरैंचा-७ की ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । 

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै विराटनगर महानगरपालिका–३ का ८९ वर्षीय पुरुषको मंगलबार राति ९ बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । 

पिसिआर परीक्षणमा ती वृद्धमा १७ दिनअघि कोरोना पुष्टि भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि