असोज ०६, २०८१, आइतबार
               

निर्णय उल्ट्याउन बाध्य भयो सरकार, अब कोरोनाको परीक्षण तथा उपचार निःशुल्क

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले आफ्नो पूर्व निर्णय उल्ट्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरिब तथा विपन्न बाहेकले कोरोनाको परीक्षण तथा उपचार खर्च आफै बेहोर्नु पर्ने यसअघिको आफ्ना निर्णय सच्याएको हो ।

अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ र सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुनेछ ।

गएको अशोज १५ मा सर्वोच्च अदालतले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन पनि खारेज भएपछि सरकार निर्णय सच्याउन बाध्य भएको हो ।

मन्त्रीपरिषद बैठकले कोरोना भाइरसविरुद्धको खोप बने लगत्तै नेपालमा ल्याउने पहलका लागि अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटि समेत बनाउने निर्णय गरेको छ ।

यस्तै पुस्तक आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार शुल्क पनि हटाउने निर्णय सरकारले गरेको छ।


कस्तो लाग्यो ?

यो पनि