जेठ ०६, २०८१, आइतबार
               

तीन लाख २० हजार मूल्यको पटका बरामद

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–८ स्थित सीमा क्षेत्रबाट अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।

भारतीय बजारबाट पटका खरिद गरि सीमा क्षेत्रमा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सो मरिमाणको पटकाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

बरामद पटकाहरु आवश्यक अनुसन्धान तथा कानुनी कारबहाीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डिएसपी थापाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि