मंसिर ०७, २०८१, शुक्रबार
               

तनहुँमा एकै दिन ३० जना फरार प्रतिवादी पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निज उपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवान फैसला गरेको थियो । अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

त्यसैगरी, कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका ६ जना, कुटपिट मुद्दाका ६ जना, विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै, लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए ।

पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना तीन लाख ३७ लाख ९५० रुपैयाँ जरिवाना असुल भएको छ । उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि