असोज ०६, २०८१, आइतबार
               

चितुवाको आक्रमणबाट भागेश्‍वरमा २ बालबालिकाकाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

डडेल्धुरामा चितुवाले  आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो  । 

त्यस्तै बैतडट्ठकाे शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए ।

घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यहाँको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिलेसम्म २७ को ज्यान गइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि