असोज ०६, २०८१, आइतबार
               

कूल सक्रिय संक्रमितकाे ५४ प्रतिशत काठमाडौंमा

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजार जनामा कोरोना संक्रमण देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित छन् । 

देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा ९० हजार १५५ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी  दिए ।

यसमा, काठमाडौं जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना  रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना संक्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् । 

देशभर ३६ हजार १७४ सक्रिय संक्रमित हुँदा काठमाडौं उपत्यकामा १९ हजार ३८४ जना  रहेका छन् । काठमाडौं जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन । 

देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौं जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।

देशभर एक हजार १२६ जना संक्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौं जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् । अहिलेसम्म काठमाडौं जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन् । 

अहिले देशभर ३६ हजार १७४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको  सघन उपचार कक्ष (आईसीयू)  र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् ।  हालसम्म  १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१  जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको  स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । 


कस्तो लाग्यो ?

यो पनि