बैशाख २८, २०८१, शुक्रबार
               

आठ स्थानीयद्वारा एम्बुलेन्स खरिद

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

सल्यान । यहाँ रहेका १० स्थानीय तहमध्ये आठ स्थानीय तहमा ११ एम्बुलेन्स खरिद गरिएको छ । जिल्लामा रहेका एक नगरपालिका र सात गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सर्वसाधारणलाई सेवा प्रवाह गरेका हुन् ।

जिल्लाकै पुरनो शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाले भने अहिलेसम्म एम्बुलेन्स खरिद गर्न सकेका छैनन् । स्थानीय तहले आफना लागि सुविधायुक्त गाडी र मोटरसाइकल खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिले अत्यावश्यक हुने एम्बुलेन्स  खरिदमा भने ढिलाइ गरेको पाइएको छ । 

छत्रेश्वरी गाउँपालिकाले सबैभन्दा धेरै चार एम्बुलेन्स खरिद गरी सेवा प्रवाह गरेको छ । गाउँपालिकाभित्र रहको प्राथमिक स्वास्थ्य केन्द्रमा समेत एम्बुलेन्स रहेको भए पनि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर खड्काले जानकारी दिए । “गाउँपालिकामा अहिले वडा नं. २, ४,  ५ र ६ लाई एम्बुलेन्स खरिदको जिम्मेवारी दिइएको छ, चालु आर्थिक वर्षमा पनि तीन एम्बुलेन्स खरिदका लागि ४५ लाख बढी बजेट विनियोजन गरिएको छ”, खड्काले भने ।

एम्बुलेन्स नहुदाँ नागरिकलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जान समस्या भएकाले उनीहरूको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ । गाउँपालिले खरिद गरेका एम्बुलेन्समध्ये वडा नम्बर २ बाहेक अरू सबै वडामा एम्बुलेन्स सञ्चालन भइरहेका छन् । बागचौर नगरपालिकाले पनि एउटा एम्बुलेन्स खरिद गरेको छ ।

कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका, कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिकाले एक/एक एम्बुलेन्स खरिद गरेका छन् । अहिले एक एम्बुलेन्स भएको त्रिबेणी गाउँपालिकाले थप एक एम्बुलेन्स खरिद गर्ने तयारी गरेको जनाइएको छ । यस्तै सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले गाउँपालिकाले एक एम्बुलेन्स खरिद गरेको र यसले नागरिकलाई सेवा प्रदान गर्न सहजता थपेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि