असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमितको हेलिकप्टरमार्फत उद्दार

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

धौलागिरि अस्पताल बागलुङमा उपचाररत  एक कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान  काठमाडौं लगिएको छ । 

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएका बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको धौलागिरि अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए ।

उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । संक्रमितलाई काठमाण्डौं हयाम्स अस्प्तालमा लगिएको हो ।


कस्तो लाग्यो ?

यो पनि