असोज ०६, २०८१, आइतबार
               

चितुवाको आक्रमणबाट बालकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

डडेल्धुरा । डडेल्धुरामा चितुवाले  आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो  ।  

यसअघि करिब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि