असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित खोज्दै स्वास्थ्यकर्मी घरघरमा

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

म्याग्दी । म्याग्दीमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि बेनी नगरपालिकाले कोरोना संक्रमितलाई खोज्न र संक्रमितको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहित घरदैलो अभियान शुरु गरेको छ ।

सोही अवसरमा घरदैलोमै पुगेर जनस्वास्थ्यका सूचकमा सपथ खुवाउने अभियान पनि शुरु भएको छ।  जनस्वास्थ्य सम्बन्धि मापदण्डको बारेमा लेखिएको ब्यानरसहित जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) र स्वास्थ्य कार्यालयसँगको समन्वयमा वडा नं ७ र ८ को घर–घरमा पुगेर कोरोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको चेकजाँच, मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दुरी कायम लगायत स्थानीयलाई कोरोनाविरुद्धको अभियानमा निरन्तर सक्रिय रहने भन्दै एकल तथा सामुहिक सपथग्रहण समेत गराएका छन् ।

पहिलो चरणमा कोरोनाको उच्च जोखिममा रहेको बेनी बजारका दुई वडाबाट सुरु गरिएको यो अभियानलाई बिस्तारै सबै वडामा लगिने बेनी नगरपालिकाले जनाएको छ ।

जिल्ला बाहिर गएको ट्राभल हिष्ट्री समेत नभएकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका बाहेकको पहुँचमा समेत स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिका स्वास्थ्य संयोजक लिला गौतमले बताइन्। 

पछिल्लो समय संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरूमा धमाधम कोरोना देखिएपछि आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु बन्द गरेको नगरपालिकाले संक्रमणको उच्च जोखिममा रहेको बेनी बजारबाटै अभियानको सुरुवात गरेको हो ।

अभियान अन्तरगत जिल्ला संकट ब्यबस्थापन केन्द्र (सिसिएमसी) का संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारीले शंकास्पद बिरामीलाई तत्काल स्बाब संकलन गर्ने गरी तयारी गरिएको बता ।

म्याग्दीमा हाल सम्म १९ सय ७४ जनाको स्वाब संकलन गरिएकोमा ११० जनाको पोजेटिभ आएको छ भने बाँकीको नगेटिभ आएको छ । हाल जिल्लामा २७ जना संक्रिय संक्रमित रहेका छन् भने ५ जना संस्थागत आइसोलेसन र बाँकी होम आइसोलोनमा रहेका छन् । म्याग्दीमा हालसम्म ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि