असोज ०६, २०८१, आइतबार
               

३८ थान मोबाइलसहित पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं नागार्जुन नगरपालिका-३ बस्ने २८ वर्षीय आषिक श्रेष्ठलाई करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको बिना बिल तथा कागजातका विभिन्न कम्पनीका ३८ थान मोबाइल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८७ नम्बरको बसलाई चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेका उक्त मोबाइल फेला पारी नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त मोबाइलहरू श्रेष्ठको रहेको खुलेपश्चात महानगरीय प्रहरी वृत्त थानकोट र उक्त प्रभागबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

बरामद मोबाइलसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सानो गौचर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि