जेठ ०७, २०८१, सोमबार
               

सुनसरीमा ६ गतेसम्म निषेधाज्ञा, देउसी, भैलो खेल्न निषेध

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले भोली सोमबारदेखि लागू हुने गरि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार निषेधाज्ञा जारी भएको यो अवधिमा तिहारमा देउसी, भैलोलाई पनि निषेध गरिएको छ ।

सहायक प्रजिअ पोखरेलले भने, ‘निषेधाज्ञा लागू हुने भएकोले यसपाली तिहारमा देउसी, भैलो खेल्न पाइदैन ।’

यस्तै, तिहारलगत्तै तराईमा धुमधामले मनाइने छठ पर्व पनि यसपाली प्रभावित हुने भएको छ । 

मंसिर ६ गतेसम्मको निषेधाज्ञाले छठ पर्वको बेला पनि नदी, तलाउ, नहर तथा पोखरी आसपासमा भिडभाड गरेर पूजाआजा गर्न निषेध गरेको छ।

छठ पर्वको बेला पनि नदी, पोखरी, नहरतिर भिडभाड गरेर पूजाआजा गर्न नपाइने सहायक प्रजिअ पोखरेलले बताए ।


कस्तो लाग्यो ?

यो पनि