असोज ०६, २०८१, आइतबार
               

पेस्तोलसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

कञ्चनपुर । बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र  कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीनसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बेदकोट नगरपालिका-५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरूले तास खेलिरहेका व्यक्तिहरूबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

घटनामा प्रयोग भएको से.६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहे जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि