काठमाडौं । स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस (रुपन्देही) का सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको मृत्यु भएको छ ।
घरकै कम्पाउण्डमा ठोक्किएर घाइते उनको क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । तिलोत्तमा १ का स्थायी बासिन्दा ५४ वर्षका डाक्टर पौडेलले एक महिनाअघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाएका थिए ।