असोज ०६, २०८१, आइतबार
               

भगवानको जन्मस्थल सडकमा ठेकेदारको बदमासी, एक हप्तामै कालोपत्रे उप्किने कस्तो ठेक्का

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । भगवान गौतमबुद्धको राजधानी तिलौराकोट जोड्नका लागि बन्दै गरेको कालोपत्रे सडक चपरी झै उप्किन थालेको छ । 

पूर्व पश्चिम राजमार्ग देखि प्रदेश–५ को पर्यटकीय गन्तव्य जगदीसपुर ताल हुँदै तिलौराकोट दरबार जोडने सडक कालोपत्रे भएको एक साता मै उप्किन सुरु भएको हो । 

निमार्ण कार्यमा बदमासी गरे पछि कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६ तिलौरा गाउँमा कालोपत्रे उक्किएको छ। ठेकेदारले दशैँको मौका छोपेर ८०० मिटर सडक कालोपत्रे गरेका थिए। बेस राखे पछि धुलो सफा नगरी पिच गर्न थाले पछि स्थानीयले विरोध समेत गरेका थिए । 
उप्किएको भागमा हेर्ने हो भने स्थानीयले भने जस्तै माटो माथि नै कालोपत्रे भएको देखिन्छ। बेस र कालोपत्रे साना बाल बालिकाले समेत सजिलै उक्काउन सक्छन् ।

कपिलवस्तुको पर्यटनका विकास हुने आशा लिएको सडक जगदिसपुर ताल, लम्वुसागर हुँदै तिलौराकोट सम्म पुग्छ । राजमार्गको बनगाईदेखि जगदिसपुर ताल सम्म यस अगाडि पिच भइसकेको छ । पिच गर्न बाँकी रहेको करिब ७‍.५ किमी खण्डमा सडक र नाला निमार्ण कार्य भइरहेको छ। ठेकेदारले कपिलवस्तु नगरपालिका वडा– ६ को बाबा कुटीबाट तिलौरीसम्मको सडक कालोपत्रे गरी सकेको छ । बाकीँ ठाउँमा समेत तीव्र रूपमा काम गर्दै आइरहेको छ ।

बेस राखे पछि राम्रो सँग भाइब्रेटर नलगाई ठेकेदारले कालोपत्रे गरेको स्थानीय वेदनाथ आचार्यले बताए । साना–साना बालक खेल्दै गर्दा कालोपत्रे उप्किए पछि स्थानीयले सडकमा निमार्ण कम्पनीले बदमासी गरेको आरोप लगाएका छन् । कमसल बेस हालेका कारण र कालोपत्रे गर्दा सफा नगरेको कारण कालोपत्रे राम्रो सँग सेट भएको स्थानीयले दाबी गरे ।

ठेकेदार कम्पनी सन्तोषी निमार्ण सेवाका कर्मचारी विशाल पन्थीले अस्फाल्ट प्रविधिबाट पहिलो पटक सडक कालोपत्रे गरेको हुनाले बिग्रिएको हुन सक्ने बताए । 

बदमासी गरिएको छैन बिग्रिएको भागहरू एक वर्ष सम्म मर्मत गर्ने जिम्मा आफ्नो रहेकोले तत्काल मर्मत गरिने बताए । शहरी विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर राजु यादवले निमार्ण कम्पनीले गलत गरेको स्वीकार गरे । 

ठेकेदार कम्पनीलाई काम रोक्नु भन्दा पनि जबरजस्ती कालोपत्रे गरेको थियो। बिग्रिएको भागमा मर्मत गर्नका लागी ठेकेदार पक्षलाई निर्देशन दिइने यादवले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि