जेठ ०५, २०८१, शनिबार
               

हत्या गरी फरार भएका अभियुक्त ललितपुरबाट पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले हत्या गरेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार एक युवकको हत्या गरेर फरार भएका भीमराज भोलन नाम गरेका अभियुक्तलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको जनाएको छ ।

बकैया–४ स्थीत नयाँ दमारमा स्थानीय २० वर्षीय विकास वाइबाको हत्या गरेर फरार भएका भोलनलाई प्रहरीले ललितपुरको बागमती गाउँपालिका–२ को मण्डलाबाट शनिबार साँझ पक्राउ गरेको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ ।

पक्राउ परेका ती अभियुक्तले शुक्रबार दमार सिमात खोला नजिक विकास वाइबाको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि