असोज ०६, २०८१, आइतबार
               

गण्डकीमा थप ३ जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा  ४९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये महिला १९८ र पुरुष ३०० रहेका छन् ।

आज थपिएको सङ्क्रमितमा मोरङमा  २०२ मध्ये विराटनगरमा ११७, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा दुईदुई, भोजपुरमा एक र प्रदेश  बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि