असोज ०६, २०८१, आइतबार
               

ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियानको तस्वीर फिचर

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले  शनिबार एक कार्यक्रमबीच सो अभियानको शुभारम्भ गरेका हुन् । 

सडक दुर्घटना न्यूनीकरणका लागि  गत भाद्र १६ गतेबाट महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाका सडकमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ। सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्नका लागि ती डमीहरु राखिएका थिए । सोही अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महाशाखाले सांगीतिक डमी अभियानको  शुभारम्भ गरेको हो।

महाशाखाले आमसडक प्रयोगकर्ता ट्राफिक नियम सिकाउनका राष्ट्रिय कलाकारको स्वरमा विभिन्न ट्राफिक सन्देश एवं ट्राफिक गीत  समावेश गरी अडियो क्लिप तयार गरेको छ । 

सो महाशाखाले एक महिनामाम कम्तिमा एक लाख जनामा ट्राफिक सचेतामा जगाउने लक्ष्यका साथ अघि बढाएको बताएको छ । 

‘सांगीतिक डमी अभियान’को शुभारम्भका तस्विरहरु

 

 

यो पनि