जेठ ०६, २०८१, आइतबार
               

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सांगीतिक डमी अभियानको शुभारम्भ

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको छ।  ट्राफिक सचेतनाका लागि  ट्राफिक प्रहरी महाशाखाले सो कार्यक्रम शनिबारबाट शुभारम्भ गरेको हो । 

महाशाखाका अनुसार सो कार्यक्रम अन्तर्गत सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुकताका लागि चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक  गीतहरु बजाउँदै जनचेतना जगाउने काम हुनेछ । सो कार्यक्रम पहिलो चरणमा काठमाडौं उपत्यकामा रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा हुनेछ । 

सो कार्यक्रमबाट एक महिनामाम कम्तीमा एक लाख जनामा ट्राफिक सचेतामा जगाउने लक्ष्य  छ । यसअघि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा राखिएकव ट्राफिक डमको निकै सकारात्मक प्रभाव परेको बताइएको छ। 

यो पनि