जेठ ०७, २०८१, सोमबार
               

महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

सुनसरी । देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ ।

मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटक–पटक जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । 

मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । महिलाको स्वास्थ्य परीक्षण शुक्रबार नै इनरुवा अस्पतालमा गरिएको छ भने मेहता माथि मुद्दा चलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि