बैशाख २६, २०८१, बुधबार
               

हुम्लामा ४ दिनदेखि अन्धकार, सडक विभागले पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने प्राधिकरणको जवाफ

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ ।

हिल्सा । सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अन्धकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए ।

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उनले बताए  । ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि