असोज ०६, २०८१, आइतबार
               

१० लाख घुससहित इञ्जिनीयर पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख  घुस लिएको अभियोगमा  नेपाल  विद्युत् प्राधिकरणका इञ्जिनीयर  ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ ।

हेटौँडा–भरतपुर–बर्दघाट  प्रसारण लाइन आयोजनामा कार्यरत  नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ । प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो ।

ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनीयर जैसवालले १० लाख मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि