असोज ०६, २०८१, आइतबार
               

१० लाख घुससहित विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

हेटौंडा । घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियर पक्राउ परेका छन् ।

घुस लिँदा लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रक्राउ गरेको हो ।

हेटौंडा–१० बसपार्क मेगा होटलबाट १० लाख रुपैयाँ घुस रकमसहित नवौं तहका इन्जिनियर जैसवाललाई अख्तियारले समातेको हो ।

जैसवालले प्रसारण लाइनको ठेकेदारसँग घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेको अख्तियार हेटौंडाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि