असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री अस्पताल भर्ना

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

धनगढी । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई अस्पताल भर्ना गरिएको छ ।

कार्तिक १५ गते मन्त्री शाहलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि पाँच दिन होम आइसोलेसनमा बसेका उनलाई नाकबाट रगत बग्नथालेपछि आज (बिहीबार) सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल भर्ना भरिएको हो ।

'स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको र अहिले स्वास्थ्य अवस्था समान्य रहेको' मन्त्री शाहका स्वकीय सचिव जङ्ग विकले बताए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, ‘अहिले उहाँको नाकबाट रगत बग्न रोकिएको छ, सामान्य ज्वरो छ ।’

कात्तिक १५ गते मन्त्री शाहसँगै उनकी पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पत्नीको अवस्था भने सामान्य रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि