असोज ०६, २०८१, आइतबार
               

पहिरोमा पुरिएर ५ कामदारको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार आज साँझ पहिरोमा पुरिएका थिए ।

सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए  ।   मृत्यु हुनेमा सबै  बुलिङटार –४का  २० वर्षीय  गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र  ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ । पहिरोमा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको  प्रहरी टोली  र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।

पहिरोमा परी दुई जना घाइते भएका छन् ।  २१ वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् । उनीहरू पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए ।  उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि