असोज ०६, २०८१, आइतबार
               

पूर्वमन्त्री मन्सुरलाई कोरोना पोजेटिभ

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए ।

उनलाई हेलिकप्टरबाट काठमाडौंस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । उनको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि