जेठ ०४, २०८१, शुक्रबार
               

झापाबाट ठूलो परिणाममा अवैध सामान बरामद

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको सात लाख २१ हजार सात सयबराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार बरामद गरिएका सामानमा कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटरपार्ट्स रहेका छन् ।

यसैबीच मेचीनगर–१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपालतर्फ लुकाइछिपाई मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६ः४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।

जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटो र मानिससहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि