असोज ०६, २०८१, आइतबार
               

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले सडकदेखि करीब ४०० मिटर तल अरुण नदीको किनारामा  टिपर खस्दा चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । टिपर चालक तामाङको गए राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि