असोज ०६, २०८१, आइतबार
               

माटोको ढिस्कोले पुर्दा सुनिताको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

धनुषामा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ ।

बटेश्वर गाउँपालिका-४ राम्रो चोकका बिगला रविदासकी श्रीमती ३५ वर्षीया सुनिता कुमारी रविदासको मृत्यु भएको इलाका प्रहरी कार्यालय साखुवा महेन्द्रनगरले जनाएको छ।

घटनामा अन्य एक बालिकासहित दुई जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजे स्थानीय राजी यादवको खेतमा घर लिपपोतको लागि माटो लिन पुगेको बेला माथिबाट माटोको ढिस्को खसेको थियो । सुनिताको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय जग्देव ठाकुरकी छोरी १४ वर्षीया मधुकुमारी ठाकुर र खुशीलाल शर्माकी श्रीमती २७ वर्षीया रिना कुमारी ठाकुर गम्भीर घाइते भएकी छिन् । 

घाइते दुबैलाई उपचारको लागि र शवलाई पोस्टमार्टमका लागि जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि