बैशाख २५, २०८१, मंगलबार
               

प्रसूति गराउन अस्पताल भर्ना भएकी महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

बुटवल । सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी गुल्मी मदाने गाउँपालिका-३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको मृत्यु भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ती महिलाको मृत्यु भएको हो । महिलाको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन् । 

बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० वर्षीया गीता पुरीको मृत्यु भएको थियो । दसैँअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् ।

अस्पतालको लापर्बाही र उपचार प्रक्रिया गलत अपनाएको आरोप लगाउँदै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । 

मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा गरेको बताउँदै मृतकका आफन्तले उनको मृत्युमा अस्पतालमाथि शंका व्यक्त गरेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि