जेठ ०९, २०८१, बुधबार
               

छुट्टाछुट्टै स्थानमा २ जनाकाे शव फेला

नेपाल फ्ल्यास
कात्तिक १३, २०७७

ADVERTISEMENT

काठमाडौंको चन्द्रागिरि र ललितपुरको  गोदावरीमा आज दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन् ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा आज मृत फेला परेका छन् । दुवैकाे मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

उता काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटकी मन्दिरा थापा भण्डारीको झण्डै डेढ लाख चोरी भएको छ  । उनको कोठाबाट ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंँकको एटिएमबाट एक लाख चोरी भएको जनाइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि