जेठ ०२, २०८१, बुधबार
               

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

बर्दिया ।  बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए । 

प्रहरीका अनुसार मधुवन नगरपालिका-३ धनौराका अन्दाजी २८ वर्षका दिनेश चौधरी बिहान ७ बजे च्याउ टिप्न जाने बेलामा बाघको आक्रमणमा मृत्यु भएको थियो । दिनेश दिउँसो अबेरसम्म घर नफर्केपछि घर परिवारले खोजी गर्न आफन्तलाई जंगल पठाएका थिए । खोजी गर्ने क्रममा बाघले झम्टिदा स्थानीय २६ वर्षीय रमेश थारुको पनि मृत्यु भएको प्रहरीले जनाएकाे छ । उनीसँग गएका अन्य स्थानीयले भागेर ज्यान बचाएका थिए ।

त्यसपछि सशस्त्रको बीओपीबाट खटिएको टोली र स्थानीयले खोजी गर्दा १०/१० मिटर दूरीमा दुवै जनाको शव भेटिएको थियो । मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ । बितेको साढे एक वर्षमा बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ । मानिसलाई बारम्बार आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने भन्दै मृतक चौधरी र थारुका आफन्तले शव बुझ्न मानेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि