जेठ ०३, २०८१, बिहीबार
               

बाँदर धपाउन हानेको बन्दुक लग्दा आफ्नै काका पर्नेको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

प्युठान । प्युठानमा बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लागी एक जनाको मृत्यु भएको छ । घटनामा नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको  हो । प्रहरीका अनुसार सोही ठाउँका  ३४ वर्षीय हेमलाल सुनारले बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलबहादुरलाई लागेको थियो ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।

यो पनि