जेठ ०३, २०८१, बिहीबार
               

दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

सप्तरी । कञ्चनरुप नगरपालिका–८ बेरियरमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३९ नम्बरको मोटरसाइकले मोरङ जिल्ला उर्लाबारी घर भएका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठसँगै मोटरसाइकल चालक कन्चनपुर नगरपालिका ४ का २५ वर्षीय मुकेश सिंह घाइते भएका थिए ।

घाइतेहरू दुबै जनाकाे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए । 


कस्तो लाग्यो ?

यो पनि