बैशाख १८, २०८१, मंगलबार
               

दुर्घटना हुँदा युवककाे मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १०, २०७७

ADVERTISEMENT

सिन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–८ कर्करेमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

बा १९ च ४३६३ नम्बरको जीपले प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ का २३ वर्षीय संगम कार्कीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सिन्धुलीकै कमलामाई–५ का २४ वर्षीय सौगात रायमाझी गम्भीर घाइते भएका छन्। उनकाे उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ । 


कस्तो लाग्यो ?

यो पनि