जेठ ०३, २०८१, बिहीबार
               

सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गर्ने प्रहरीको नियन्त्रणमा

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोजर लगाएर मस्जिदअगाडिको भाग तोडफोड गर्ने जुजुकाजी महर्जनको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सय वर्षभन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए ।

निर्माणाधीन धरहराको ठीकपछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद रहेको काठमाडौं महानगरपालिका-२२ का वडा सदस्य गीता परियारका अनुसार वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न भन्दै धम्क्याउने गरेका थिए । 

मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो ।  मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका थिए । 

सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले पाँच प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि