जेठ ०२, २०८१, बुधबार
               

अब आवेदन दिएको चार महिनाभित्रै लाइसेन्स हातमा

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ ।

विगतमा विभागसँगै झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे, अहिले त्यो सकिँदै गएको छ ।

पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए ।

अब पछिल्लो तीन/चार महिनायता आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए ।

सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्ने उनले बताए ।

निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी छ । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’बाट अनुमतिपत्र छपाइ भइरहेको छ ।

आवेदन दिएको तीन चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी तयारी गरिएको उनले बताए ।

अब पहिले जसरी वर्षौंसम्म अनुमति पत्रको लागि कुर्नुपर्ने अवस्था नआउने उनको दाबी छ ।

यो पनि