जेठ ०३, २०८१, बिहीबार
               

गैंडाकाे खागसहित शिक्षक पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

गैँडाको खाग सहित ‘शिक्षक’ कपनमा पक्राउ
exploreकाठमाडौं access_timeकात्तिक ६, २०७७ chat_bubble_outline0
रातोपाटी संवाददाता
1.1k
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonmessenger sharing buttonsharethis sharing button

काठमाडौं । गैंडाकाे खागसहित राजधानीकाे कपनबाट एक शिक्षक पक्राउ परेका छन्  । महानगरीय अपराध महाशाखाकाे टोलीले गैँडाको खागसहित काठमाडौंको कपनमा पढाउने शिक्षक राजेन्द्र रिजाललाई पक्राउ गरेकाे हाे । 

सुनसरीको इनरुवा नगरपालिका–७ घर भएका ४९ वर्षीय रिजाललाई चुच्चेपाटीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । गैंडाको खाग झापा हुँदै काठमाडौं ल्याएर बेच्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

शिक्षक रिजाललाई आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ । संरक्षित वन्यजन्तुको अंगको कारोबार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार कारवाही हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि