बैशाख १७, २०८१, सोमबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

अहिले (बिहीबर बिहान) देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहको छ ।

आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ । 

प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

शुक्रबार देशभरका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

शनिबार प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र वागमती प्रदेशमा आंशिक बदली  रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि