बैशाख १७, २०८१, सोमबार
               

रेडपाण्डाको छालासहित पक्राउ

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेख नौमुले गाउँपालिका-२ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जनालाई  बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनीहरूलाई उक्त छाला र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि