बैशाख १७, २०८१, सोमबार
               

तातोपानी नाका दसैँपछि मात्र सञ्चालन हुने

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।  करिब तीन सातादेखि बन्द रहेको तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ । नाका खुलाउन चिनियाँ र नेपाल दुवै पक्ष सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने भएको हो । 

तातोपानी भन्सार कार्यालयका अनुसार नाका सञ्चालनको मिति भने बिहीबार चिनियाँ पक्षसँगको छलफल पश्चात् मात्र हुने बताइएको छ । तातोपानी नाकाले भन्यो,  ‘सम्भवतः दसैँलगत्तै नाकाबाट व्यापार नियमित हुन्छ ।’

तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालन सो नाका बन्द भएको थियो । 

तातोपानी नाका भन्सार कार्यालयका अनुसार अब चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । नाकाबाट औषधि तथा खाद्यवस्तु आयातका लगि पहिलो प्राथमिकता दिएको खड्काले बताए । यस्तै, विकास निर्माणका सामान तथा औजार र उपभोग्य वस्तुको आयात पनि निरन्तर रहेको भन्सार कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि